Logo

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जमा रहेको र्सिसिया नदी प्रदुषणमुक्त बनाउन तथा नदीको आसपासमा रहेको जमिनहरु अतिक्रमणमुक्त बनाउनको लागि चुरे तथा वनजंगल सँरक्षण अभियानले आन्दोलनको घोषणा गरेको छ ।

आज नेपाल पत्रकार महासँघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि अभियानले दुई चरणको चरणबद्ध आन्दोनको घोषणा गरेको हो ।अभियानले र्सिसिया नदीलाई प्रदुषणमुक्त र अतिक्रमणमुक्त बनाउनको लागि अगामी बैशाख २४ गते देखि चरणबद्ध आन्दोनल गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आन्दोलन अन्र्तगत २४ गते वीरगञ्ज महानगरमा जुलुस तथा कोण सभा गर्ने, २५ गते वीरगञ्ज उद्योग वाणिज्य सँघको अगाडि विरोध प्रदर्शन गर्ने, २६ गते वीरगञ्ज महानगरको कार्यालय अगाडि विरोध, २७ गते डिभिजन वन कार्यालय अगाडि विरोध र २८ गते जिल्ला प्रशासन कार्यालयको अगाडि सिबरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अभियानले जानकारी दिएको हो ।

लामो समयदेखि र्सिसिया नदीमा सिमरादेखि वीरगञ्जसम्मका उधोगहरुले फोहोर पानी नदीमा मिसाएकोले त्यसलाई बन्द गर्नुपर्ने,स्थानीयबासीले उद्योगबाट निस्केको धुलो धुवाँ खानुपर्ने तर रोजगारी भने स्थानीयलाई  उधोगहरुले नदिने गरेकोले स्थानीयलाई नै उद्योगमा रोजगारी दिनुपर्ने लगायतका माँगहरु ऋाफुहरुको रहेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिनुभयो । पहिलो चरणको आन्दोलनले माग पुर नभएको दोस्रो चरणमा पनि आन्दोलन गर्ने उहाँले पत्रकार सम्मेलनमा चेतावनी समेत दिनुभएको छ ।


सम्बन्धित समाचार