Logo

२४ वैशाख, बारा । बारामा महिला हिंसाको घटना दिनप्रतिदिन वृद्धि हुदैँ गएको तथ्य सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० को चैत्र मसान्तसम्म बारामा घरेलु तथा महिला हिंसाका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको तथ्याङक अनुसार उक्त अवधिमा ६ सय ४६ वटा महिला हिसांका घटना र ७ सय २२ वटा सामाजिक हिंसाका मुद्दा कार्यालयमा दर्ता भएका छन् । वितेको वर्षभन्दा चालु आर्थिक वर्षमा यो तथ्याङक उच्च हो ।
महिला तथा बालबालिका सेवा केन्द्र शाखाका प्रहरी निरिक्षक भिम ओलीले केन्द्रमा दैनिक २५ जनाभन्दा बढि महिला हिंसाका घटना, घरबाट निकाल्दिने, खान लाउन नदिने, कुटपिट, नागरिकता नबनाईदिएको, बहुबिवाह जस्ता दर्जनौँ घटनाहरु दर्ता भएको जानकारी दिनुभयो ।
समाजमा यस्ता घटनाहरुमा दिनप्रतिदिन वृद्धि हुदैँ जानुमा अशिक्षा, लागुऔषध दुव्र्यसन, चेतनाको कमि जस्ता कारणहरु प्रमुख रहेको अधिकारकर्मीहरुको भनाई छ । महिला कमजोर हुने वित्तिकै हिंसाको शिकार बन्न सक्ने, विभिन्न आरोप वा लान्छना लाग्न सक्ने भएकाले यस्ता समस्याको निर्मुल नगरेसम्म समाजबाट हिंसा समेत न्युनिकरण नहुनेमा उनीहरुको तर्क छ ।


सम्बन्धित समाचार