Logo

बैशाख २४, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले नगरभित्रका मुख्य तथा सहायक सडकका पोलहरुमा झुण्ड्याईएका टेलिफोन, इन्टरनेट तथा सेवा प्रदायक कम्पनीका अव्यवस्थित तार काट्न सुरु गरेको छ । महानगर अन्र्तगत रहेको तार व्यवस्थापन समितिले आजदेखि सडकका पोलहरुमा झुण्ड्याईएका अव्यवस्थित तार काट्न सुरु गरेको हो ।


माईस्थान चौकदेखि घण्टाघर सम्मको दायाँबायाँ तथा सडकका पोलहरुमा गुजुल्ट्याएर राखिएको तथा लत्रिएका तारहरु काटेर हटाउन सुरु गरेको समितिका अध्यक्ष बृजेश प्रधानले जानकारी दिनुभयो । उहाँले यो कार्यलाई भोलीपनि निरन्तरता दिने जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रदायक कम्पनीहरुले नै समुह तयार पारी अव्यवस्थित तार व्यवस्थापन गर्ने भनेका थिए । तर उनीहरुले यसमा खासै चासो नदेखाएकाले महानगर आफैँले तार काट्न सुरु गरेको हो । यता महानगरको यो अभियानले सेवा प्रदायक कम्पनीहरुबाट सेवा लिईरहेका सेवाग्राहीलाई भने कुनै प्रकारको मर्का नपर्ने गरि कार्य भईरहेको प्रधानको भनाई छ ।


सडकका पोलहरुमै लत्रिएर रहेका तारहरुले वीरगञ्ज शहर नै कुरुप देखिनुका साथै आगो लाग्ने जोखिम, हावाहुरीको समयमा तार आफैँ चुडिएर मानिसहरुलाई समेत चोटपटक लाग्ने गरेको थियो । त्यस्तै सवारी साधानहरुलाई समेत ओहोरदोहोर गर्न समस्या हुने गरेको सवारी चालकले गुनासो गर्दै आएका थिए ।


सम्बन्धित समाचार