Logo

बैशाख २४, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा माईक्रोस्कोपद्वारा खकार चेकजाँच सम्बन्धि शिविर सम्पन्न भएको छ ।

सक्रिय क्षयरोगीहरुको सङख्याको बारेमा पत्ता लगाउन वीरगञ्ज महानगर अन्र्तगत रहेको स्वास्थ्य तथा सामाजिक बिकास मन्त्रालय जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा शिविरको आयोजना गरिएको थियो । लालपर्सा स्वास्थ्य चौकीका प्रमुख मेवालाल ठाकुरको अध्यक्षतामा भएको शिविरमा ३५ जनाको खकारको चेकजाँच गरिएको स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खकार चेकजाँच गराउनेमध्ये २५ जना पुरुष र १० जना महिला रहेका छन् । शिविरमा चेकजाँच गराएकाहरुको आजै साँझ रिपोर्ट आउने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार