Logo

२५ वैशाख, वीरगञ्ज । मधेस प्रदेश सरकारको बारेमा सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने भएको छ । वर्तमान सत्ता गठबन्धन अनुसार मधेस प्रदेशको सरकार गठनका लागि काँग्रेस, जनता समाजवादी पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गृहकार्य गरिरहेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनले यि तीन दललाई मधेस सरकारको बारेमा छलफल गर्ने जिम्मेवारी दिएको र सोही अनुसार गृहकार्य भईरहेको बताउनुभयो । उहाँका अनुसार मधेस प्रदेश सरकार लगायत अन्य प्रदेशमा गठबन्धन अनुसार कसरी सरकार गठन गर्ने विषयमा छलफल हुन्छ ।

मधेस प्रदेश सरकारबाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई सकभर नहटाउने सहमति भएको छ । गठबन्धनको हित विपरीत जनमत पार्टीले काम गरेको भएपनि छलफल गरी समझदारीमा अगाडि बढ्ने कुरा भएको उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारको नेतृत्वका लागि काँग्रेस, जसपा र लोसपाले दावी गर्दै आईरहेका छन् । यी तीनै मिलेर त्यसको समाधान गरेर मधेस प्रदेशको सरकार चाँडै गठन गर्न गठबन्धनले म्याण्डेट दिएको छ ।


सम्बन्धित समाचार