Logo

२५ वैशाख, वीरगञ्ज । टिपरको ठक्कर बाट बीरगन्जमा दुई जना गम्भीर घाइते भएका छन । म प्र ०३ ००१ ख ७६७९ नम्बरको टिपरको ठक्करबाट बीरगन्ज–३० लालपर्सा निवासी ३५ बर्षकि गिता देबि मलि र १८ बर्षका मिथुन मलि घाइते भएका हुन ।

आज बिहान साढे सात बजेको समयमा बीरगन्ज–३० लालपर्सा चोकमा बालुवा लोड गरेको टिपरले ना २७ प ४१५३ नम्बरको मोटरसाइकलमा सवार दुबैजनालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गिता र मिथुन दुबै जना गम्भीर घाइते भएको प्रहरी चौकी परवानिपुरले जनाएको छ ।घाइतेलाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चौकि परवानिपुरले जनाएको छ ।


सम्बन्धित समाचार