Logo

२५ वैशाख, धरान । धरानबाट वीरगन्जका लागि छुटेको ना ५ ख २८१२ का चालकलाई एक युवकले बोतल प्रहार गरी फरार भउका छन् ।

धरानदेखि बसमा चढेका नाम नखुलेको अन्दाजी २२ वर्षिय दुइजना युवाले भाडा माग्दा नदिएर विवाद गरेपछि इटहरी बसपार्कमा ओेरालि दिएको र उनीहरूले गाडीको नम्बर टिपेर फोटो समेत खिचेर अर्काे गाडी चढेर आई सप्तरीको भारदह बस बिसौनीमा ढुकेर बसी २८१२ नम्बरको बस आईपुगेपछि बसका चालक शोभाकन्त पौडेललाई कुटपिट गरि कोकाकोलाको बोतलले समेत प्रहार गरेका हुन् । कुटपिट गर्ने एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन् ।

कुटपिट गर्नेलाई कारवाहीको लागि इलाका प्रहरी कार्यालय भारदहमा उजुरी दिइएको छ । प्रहरीले फरार रहेका व्यक्तिलाई पक्राउ गरि कारवाही गर्ने इलाका प्रहरी कार्यालय सप्तरीले आश्वासन दिएको छ ।


सम्बन्धित समाचार