Logo

२६ वैशाख,वीरगञ्ज । जिल्ला प्रशानसन कार्यालय पर्सामा शान्ति सुरक्षासँग सम्बन्धित र मिटरब्याजसँग सम्बन्धित सेवा बाहेक अन्य सेवा दुईदिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै निर्माण सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवनमा पूरानो भवनबाट सामानहरु सार्नुपर्ने भएकोले बैशाख २६ र २७ गते दुईदिन सेवा बन्द हुने जानकारी दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचना अनुसार कम्प्युटर, प्रिन्टर, राहदानी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता स्टेशन, अभिलेख फाईलहरु, फर्निचर लगायतका कार्यालयका सम्पूर्ण सामाग्रीहरु पूरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण गर्नुपर्ने भएकोले शान्ति सुरक्षा र मिटरब्याजसँग सम्बन्धित सेवा बाहेकका नियमित सेवा बन्द हुने भनिएको छ ।


सम्बन्धित समाचार