Logo

२६ वैशाख,सेढवा । पर्साको जिराभवानी गाउपालिका वडा नं १ मा रहेका बाल मन्दिर प्राथमिक बिद्यालय बिनटोली महादेवपट्टीमा आज पुस्तकालय हस्तान्तरण गरिएका छन ।

प्रकाश थारु फाउण्डेशनको पहलमा हामी नेपाली नामक संस्थाले एक कार्यक्रमका बीच सो पुस्कालय हस्तान्तरण गरिएका छन । संस्थाका अध्यक्ष साबित्री पौडेल र कोषाध्यक्ष शरद पौडेललो सो पुस्तकालय बिद्यालयका प्रधानाध्यापक मोनिता देवी थारुलाई हस्तान्तरण गरेका सामाजिक अभियान्ता प्रकाश थारुले बताउनुभयो ।

बिद्यालयमा अध्ययनरत बालबालिकाहरचलाई मोन्टेशरी प्रणालीबाट अध्यापन गराउने तथा समूदायमा बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय ल्याउने उद्देश्यले सो पूस्तकालयको स्थापना गरिएका संस्थाका अध्यक्ष साबित्री पौडेलले बताउनुभयो । पूस्तकालय स्थापनाका लागि संस्थाले तीन लाख पचास हजार रुपैयाको लगानीमा अर्धपक्की भवन समेत निर्माण गरी पूस्तकालयको स्थापना गरिएका अध्यक्ष पौडेलले बताउनुभयो ।

यसका साथै मोन्टेशरी प्रणालीबाट अध्यापन गराउन एक लाख पचास हजार रुपैया बराबरको सामग्री प्रदान गरिएका सामाजिक अभियान्ता थारुले बताए। साथै बिद्यालयका ८० जना बिद्यार्यीहरुलाई सिसाकलम, कापी, झोला तथा जोमेक्ट्री समेत बितरण गरिएको थारुले बताए। कार्यक्रममा सो वडाका वडाध्यक्ष रामशरण ख्वास थारु, बिओपी जिराभवानीका शस्त्र प्रहरी निरिक्षक शम्भु डुगेल तथा स्थानीय बुद्धिजिवीहरुको सहभागिता रहेका थियो ।

 


सम्बन्धित समाचार