Logo

२७ वैशाख,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।खाँणलाई उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले  बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्।

उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।

 


सम्बन्धित समाचार