Logo

२७ वैशाख,वीरगञ्ज । महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्साको वीरगञ्जस्थित होटल रोयल पार्टी प्यालेसमा आज कार्यक्रमको आयोजना गरि एकदिनको महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्यबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजमा महिला तथा बालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुको घरदेखि घरबाहिर कस्तो भुमिका हुनुपर्छ भन्ने बारेमा अन्तरक्रिया गरिएको थियो । यस्तै कार्यक्रम लैंगिक हिंसा के हो, यसका कारण, लैंगिक हिंसा एवम् विभेदको अन्त्य तथा लैंगिक समानता सम्बन्धि कानुनी व्यवस्थाहरुको बारेमा छलफल गरिएको थियो । समाजमा हुने हिंसाको प्रमुख कारण आर्थिक अवस्था न्युन हुनु तथा शिक्षाको कमि हुनु रहेकोमा वक्ताहरुले जोड दिएका थिए ।

पछिल्लो समय भने महिला हिंसामा कमि आएको कार्यक्रममा सहभागी एक युवा किशोरी साईस्ता वजिरले बताउनुभयो । दलित महिला केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारको पूर्व उप– सचिव एवम् लैंगिक तथा सामाजिक समावेशिकरण विज्ञ सरु जोशी श्रेष्ठ र त्रिवि प्रोफेसर डा. निति अर्याल खनालले प्रशिक्षण दिनुभएको थियो ।

महिला तथा किशोरीमाथि हुने हिंसा विरुद्ध लडाईको अभियान दुई वर्षदेखि पर्सा, बारा तथा सिराहाको दशवटा पालिकामा काम गर्दै आएको दलित महिला केन्द्र नेपालकी प्रबन्धक सन्चिता महर्जनले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार