Logo

२८ वैशाख,वीरगञ्ज । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा–९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । हिजो साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

युवकको टाउको र शरीर २०÷२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दिनुभयो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो ।


सम्बन्धित समाचार