Logo

२८ वैशाख,वीरगञ्ज । हाम्रो समाज जस्लाइ हामी आफु बस्ने घर र वरीपरीका आवरण भनेर बुझने गर्छौ । हामी यस्तो समाजमा बस्छौ जहाँ नारीको लागी घरपरिवार अनी समाजले मिलेर एउटा छुटै नियम बनाएको छ ।

नारीलाई उ जन्मेदेखी उमेर संगै हुकर्दैजाने क्रममा तिमिले यो गर्नहुन्छ ,यो गर्नुहुंदैन यहाँ जाउ, त्यहाँ नजाउ लगायत यस्ता थुप्रै यावत कुराहरु सिकाईन्छ वा भनौ एक किसिमको बन्देज लगाईन्छ । विवाह हुने उमेर पुगेकी छोरीलाई तिमीले बिहे भएर गएपछि आफनो घरपरिवारका सदस्य लाई मान सम्मान दिनुपर्छ, श्रीमान लाई देउता सरह मान्नुपर्छ, कहिँकतै पनि बाट आँच आउने खालका काम गर्नु हुदैन ,श्रीमान, सासु ससुरा वा भनौ घरका प्रत्येक सदस्यलाई रिझाउन सक्नुपर्छ ।

के नारी सबैको मन बहलाउने कुनै साधन होर ? के उस्ले आफनो तरिकाले बाँच्न पाउने कुनै अधिकार छैन ? घरपरिवार र समाजले बनाईदिएको नियमलाई के नारीले मान्नैपर्छ ? यस्ता धेरै किसिमका कुराहरु हाम्रो मनमा बारम्बार आईरहने प्रश्न हो जस्को जवाफ कतिपय नारीले त घरपरिवार अनी श्रीमान बाट हुने घरेलु हिँसा र पिडा सहन नसकी अन्तत आफनो ज्यानको आहुतीनै दिने गरेका धेरै घटनाहरु हाम्रो यहि सामाजमा बारम्बार घटने गरेका छन । आज हामी यहाँ एउटा यस्तो घटना लाई राख्दैछौ जस्ले हामी र हाम्रो समाजमा बस्ने भद्रभलादमीहरुको मन एकपटक चसक्क घोच्नेछ ।

पर्सा जिल्ला सखुवाप्रसौनी कि लालमती देवी जो विवाह गरेपछि अन्य नारीले झै उनले पनि आफनो बैवाहिक जिवन लाई लिएर मिठो सपना देखेकी थिइन ,आफुलाई सुखदुखमा साथ दिने माया गर्ने श्रीमान हुन,आफुलाई बुहारी नभई छोरीलाई झै ब्यवहार गर्ने सासु ससुरा हुन । विवाह भएको केहि समय सम्मत उनको जिवन ठिकठाकनै चल्दै थियो । तर विवाह भएको करिब २ बर्षपछि भने उनको जिवनमा उनले सोच्दै नसोचेको अकल्पनिय घटना घटन थाले ।

लालमती देवी जो आफनो श्रीमान लाई देउता मान्थिन विवाह भएको दोश्रो बर्षपछी उनी श्रीमान बाट हरेकदिन घरेलु हिँसाको सिकार हुन थालिन । उनका श्रीमान हरेक दिन मदिरा पिएर आउन थाले लालमतिले धेरै सम्झाईन मदिरा नपिउनुस भनेर तर श्रीमानले उनको एउटै कुरा सुनेन्न । लालमती अब हरेक दिन श्रीमानको कुटाईबाट पिडित हुन थालिन ,सम्झाउदा झनै कुटपिट गर्ने र केहि बोले सम्बन्ध बिच्छेद गर्छु भनेर धम्की दिने गर्थे ।

एक दिन लालमतीका श्रीमान बेस्सरी मातेर घर आएका थिए सोही बेला उनले किन यती धेरै मदिरा पिएर आउनुभएको भन्दा मदिराको नशामा मात्तिएका उनका श्रीमानले लालमतिको पाठेघरमै बेस्सरी हाने जस्ले गर्दा उनको पिशावनलीनै बन्द भयो ।

उनका श्रीमानले परपुरुष संग लागेको भनेर अनेक किसिमका लाँछना लगाउने गर्थे । पिडित लालमतिले विवाहको करिव ८ बर्ष सम्म अनेक किसिमका यातना सहदै आएकी थिन ।

श्रीमान बाट पाउने दिनहुको यातना सहन नसक्ने भएपछि उनी दलित महिला संघ पर्साको सम्पर्कमा आउन थालिन , त्यहाँ उनले मनोपरामर्शकर्ता निलाराम संग परामर्श लिन थालिन र मैले किन सधैभरी यसरी बिनाकारण श्रीमानको कुटाई खानु किन अनेक थरीको यातना सहनु अब त मैले यस्को प्रतिकार गर्नुुपर्छ , मैले अब आफनो लागी बाँच्नु पर्छ भनेर निधो गरिन र परामर्शकर्ताकै सहयोगमा उनी नारायणी अस्पतालको ओसीएमसीमा गईन ।

त्यस पश्चात उनले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिइन । आफु श्रीमानको घरमा असुरक्षित रहेको भन्दै दिएको जाहेरीको आधारमा उनलाई सेफ हाउसमा राख्ने कुरा अगाडी बढ्यो । लालमतिले प्रहरीकोमा जाहेरी दिएपछि प्रहरीले उनको श्रीमान लाई नियन्त्रणमा लिएर निगरानी गर्न थाल्यो र निगरानी पश्चात उनको श्रीमानको बानीमा परिवर्तन आयो ।

अहिले लालमती लाई उनका श्रीमानले सुरक्षित साथ राखेको अवस्था छ । के हाम्रो समाज सर्धै कुनै ठुलै घटना घटोस भनेर आँखा चिम्लेर बसेको हुन्छ ,समय रहदै यदि महिला माथी हुने यस्ता घरेलु हिँसा रोक्न सकिदैन ,आखीर कहिले सम्म हो नारीले यसरी यातना सहनुपर्ने ?


सम्बन्धित समाचार