Logo

२८ वैशाख,वीरगञ्ज । स्रोत नखुलेको १२ रकमसहित दुई जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने धनन्जय कुमार गुप्ता. र मुसाहेब आलमलाई पक्राउ गरेको हो । पर्साको बिन्दबासीनी गाउँपालिका–५ प्रसौनीभाटा पुल स्थित चेकजाँचको क्रममा प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो ।

बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाईकलमा आईरहेका दुबैजनाको साथबाट एक हजार दरको आठ सय थान,पाँच सय दरको आठ सय गरि रु १२ लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।रकमसहित पक्राउ परेका दुबैजनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई आवशयक अनुसन्धान भईरहेको गिरीले बताए ।


सम्बन्धित समाचार