Logo

२८ वैशाख,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय स्तरमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई लघु उद्यमी बनाउँने कार्यमा जुटेको छ । उपमहानगरपालिकाले गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा ) अन्तर्गत वडा नं.५ मा ३२ दिने एडभान्स गार्मेन्ट फेब्रिकेटर तालिम , वडा नं.१२ मा साँत दिने एड्भान्स अचार बनाउँने तालिम , वडा नं.१७ मा कृषि तथा पशुपालन सम्बन्धि तालिम र वडा नं.१८ मा तीन दिने ईन्टरलक ब्लक बनाउँने तालिम गरिरहेको छ ।

तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला प्रसाद अधिकारीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले ग्राउन्ड तह देखि नै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ जीतपुरसिमरा उपमहानगरपालिका लागि परेको जानकारी दिनुभयो । उपमहानगरपालिकाले थोरै पुँजीबाट नै लघु उद्यमी बन्न सक्ने किसिमको ज्ञान ,सिप प्रदान गरिरहेको बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका आर्थिक अवस्था कमजोर सबैको अभिभावत्व लिन तयार रहेको बताउँनुभयो । उपमहानगरपालिकाले निशुल्क रुपमा प्रदान गर्ने सिपमुलक ज्ञान,सिपहरु गम्भिरता पुर्बक ग्रहण गर्न अनुरोध गर्नुभयो । उहाँले सम्भव भएसम्म प्रत्येक वडामा एउटा तालिम केन्द्र वा सम्भव नभएमा सबै वडालाई पायक पर्ने ठाउँमा तालिम केन्द्र खोल्नुपर्ने आवश्यक्ता औल्याउँनुभयो । कार्यक्रमको सहजीकरण जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका उद्यम बिकास शाखाका दिपनारायण राय र उषा बुढाथोकीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार