Logo

२८ वैशाख,वीरगञ्ज । पर्साको वीरगञ्ज लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। पछिल्लो समय भारतबाट नेपालमा प्रतिबन्ध लागु औषध भित्रिन थालेको पाइएको छ।पर्सा प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा मात्रै एक लाखको हाराहारीमा प्रतिबन्धित लागु औषध फेनारगन, नुर्फिन, डाइजापेम र कोरेक्स बरामद भएको डरलाग्दो तथ्यांक छ।

चैत्र १७ गते वीरगञ्जबाटै हेटौडा १ बस्ने संजीव केशरी प्रतिबन्धित लागु औषधसहित पक्राउ परे। भारत विहार रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा पर्सा प्रहरीले उनलाई ६ सय पीस नाइट्राभेटसहित नियन्त्रणमा लियो।

वैशाख १२ गते पर्सा प्रहरीले वीरगन्ज १६ बस्ने बब्लु पाठकलाई ४ हजार २ सय एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ ग¥यो।
नियमित जाँच गर्ने क्रममा वीरगञ्जबाट प्रहरी पाठकलाई भारतबाट आउँदै गरेको ना १ ज २०३७ नम्बरको सुमोसहित पक्राउ गरेको थियो। सुमोसहित पक्राउ परेका पाठकलाई प्रहरीले लागु औषध सम्बन्धीको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीले पाठकलाई ना ३२ प ९४०३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। पाठकविरुद्ध लागु औषध सम्बन्धीको कसुरमा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरी भनाई छ।

सोही दिन प्रहरीले चितवन ४ भरतपुर निवासी विशाल श्रेष्ठलाई पनि प्रतिबन्धित लागु औषधसहित पक्राउ ग¥यो। प्रहरीले उनलाई १४१ पीस फेनारगन, नुर्फिन र डाइजापेमसहित नियन्त्रणमा लियो।

पर्सा प्रहरीका अनुसार प्रतिबन्धित लागु औषधसहित वीरगञ्जबाट पाठक, केशरी र श्रेष्ठ मात्रै पक्राउ परेका छैनन्। यो संख्या लामै छ। पछिल्लो तीन वर्षमा प्रतिबन्धित लागु औषधसहित वीरगञ्जबाट सवा सात सय भन्दा बढी पक्राउ परेको प्रहरी तथ्यांक छ।

आर्थिक वर्ष ०७७/०७८ देखि चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३७ जना पक्राउ परेको प्रहरी अभिलेख छ। आव ०७८/०७९ मा ९५, ०७९ /०८० मा ३१८ र चालू आवमा ३२४ जना पक्राउ परेका प्रहरी रेकर्ड छ। यही अवधिमा पर्सा प्रहरीमा ५४४ वटा प्रतिबन्धित लागु औषधको मुद्दा दर्ता रहेको प्रहरी तथ्यांक छ।

भारतबाट सिधै वीरगञ्ज नाका भएर प्रतिबन्धित लागु औषध भित्रिने गरेको प्रहरी तथ्यांकले देखाइरहेको छ। आव ०७७/०७८ देखि ०७९/०८० सम्ममा ९६ हजार ९५ वटा प्रतिबन्धित लागु औषध फेनारगन, डाइजापाम, नुर्फिन, कोरेक्स बरामद भएको छ, जुन डर लाग्दो तथ्यांक हो।

पक्राउ परेकाहरुको तथ्यांक हेर्ने हो भने देशको राजधानी सहित पर्सा, बारा, मकवानपुर, चितवन, पोखरासहितका ठाउँमा गइरहेको पाइएको छ। लागु औषध कारोबारको पछिल्लो समय वीरगन्जको मात्रै नभएर देशकै जटिल समस्या बन्दै गएको पर्सा प्रहरीको भनाई छ।


सम्बन्धित समाचार