Logo

२८ वैशाख, वीरगञ्ज । वैशाख २८ गते आइतबार देखी संचालमा आउने भनिएको नारायणी अस्पतालको बन्द आई.सी.यु. अझै आई.सी.यु.मै छ ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गएको आइतबार देखी संचालन गर्न भनिएको २३ बेडको आई.सी.यु अझै बन्द अवश्थामा छ । संचालन गर्ने मिति भन्दा ५ दिन बिति सक्दा पनि २३ बेडको बन्द आई.सी.यु. वार्ड अझै संचालनमा आउन सकेको छैन ।

अस्पतालले अहिले ८ बेडको आई.सि.यु बाट सेवाग्राहिलाइ सेवा दिइरहेको छ । यस अस्पतालमा सेवा लिनका लागी पर्साको ग्रामिण भेग देखी बारा, रौतहट लगायतबाट बिरामीहरु आउने गर्छन । तर अस्पतालमा आई.सि.यु बेडको अभावले गर्दा बिरामीहरु अहिले निजि अस्पतालमा चर्को शुल्क तिर्न बाध्य छन् ।

यता, मेयर राजेशमान सिंहले यहि बैशाख २० गते बुधबार अस्पतालको अनुगमन गर्दै बन्द अवस्थामा रहेको आई.सी.यु.वार्ड आउँदो बैशाख २४ गते देखी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउनेका भनेका थिए । मेयर सिंहले सामाजिक संजाल मार्फत पनि बन्द आई.सी.यु.वार्ड संचालन गर्ने जानकारी गराएपछि वीरगन्जवासी हर्षित भएका थिए ।


तर बिहिबार नारायणी अस्पतालको बन्द आई.सी.यु. वार्डमा पुग्दा ताल्चा लागेको भेटियो । वार्डको बरन्डामा बिरामीका कुरुवाहरु खाना खाएर बसेका थिए । कक्ष संचालनका लागी कुनै काम गरेको देखीएन । जोरसोरका साथ चर्चा बटुलेको यो कुरा अहिले सेलाएको देखिन्छ ।
अस्पतालका मेसु संग बुझ्दा काम भइरहेको बताउछन। मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले विगत २÷३ वर्ष देखी बन्द रहेको आई.सी.यु.लाइ टेक्निकल जाँच बिना संचालनमा ल्याउन कठिनाइ रहेको बताए । “अहिले भेन्टिलेटर जडान गर्ने काम भइरहेको छ, टेक्निकल कामहरु सकिने बित्तकै हामी संचालनमा ल्याउछौ । ”

उनले कक्षलाइ सञ्चालनमा ल्याउन पहिले जनशक्ति जुटाउन आवश्यक रहेको बताए । अस्पतालको आर्थीक अवस्था कमजोर भएकाले थप स्टाफ राख्न नसकिएने अवस्था रहेको उनले बताए । यसका लागी महानगरमा पहल गरिएको उनको भनाइ छ । महानगर र अस्पताल व्यवस्थापन समितिको बैठक बसी यस बारे चाडै टुङ्गो लगाउने उनले बताए ।

हाल बन्द अवस्थामा रहेको आई.सि.यु.का बेडहरु संचालनमा आए बिरामी अन्त रेफर गर्ने समस्या समाधान हुने मेसु साहको भनाइ छ । नारायणी अस्पतालमा आई.सि.यु को सेवा अन्य निजि अस्पताल भन्दा आधि भन्दा सस्तो पर्छ । निजि अस्पतालमा रु. ४ हजार देखी ५ हजार सम्म लाग्ने शुल्क नारायणी अस्पतालमा रु. १५ सय सम्म लाग्ने गरेको उनले भने । “बन्द आई सि.यु. संचालन भएदेखी अस्पतालको आम्दानीको श्रोत पनि बढ्छ, अचानक आउने इमरजेन्सिका बिरामीलाइ सहजै सेवा दिन सकिन्छ ।”

अस्पतालले पहिले निमाण गरेको ८ सैैया र कोभिडको समयमा निर्माण गरिएको १५ सैया गरि पुर्ण २३ बेडको एच.डि.यु. र आई.सी.यु बेड संचालनमा ल्याउन बाकि रहेको अस्पतालका प्रवक्ता तथा सुचना अधिकारी डा. उदयनारायण सिंहले बताए । “ दिनहुँ अस्पतालमा २० देखी २५ जना गरिब असहाय बिरामीहरु निजि अस्पतालमा जान बाध्यछन्, ‘उनले भने, ‘यस्तो अवस्थामा २३ बेडको आई.सी.यु संचालनमा आए बिरामीहरु निजि अस्पतालको चर्को शुल्कबाट बच्न सक्छन ।”

अस्पताल बिकाश समितिका सदस्य रमेश प्रसाद चौधरीका अनुसार थप स्टाफ राख्नु पर्ने भएकाले अहिले समस्या भएको बताए । यसका लागी महानगरका मेयर, प्रशासकिय अधिकृत तथा समितिकाका सदस्यहरुको साथमा शुक्रबार बैठक राखीएको उनले बताए । यस बिषयमा मेयर राजेश मान सिंहसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।


सम्बन्धित समाचार