Logo

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ताको पहलमा गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे गराईदिने भएको हो ।

यसको लागि वीरगञ्ज महानगर पालिका वडा नम्बर ८ को कार्यालय र प्रभु हस्पिटल एण्ड रिसर्च प्रालिबीच सम्झौता भएको छ । वडा नम्बर ८ को कार्यालयमा आज बिहान भएको सम्झौता पत्रमा वडा नम्बर ८ को तर्फबाट वडा अध्यक्ष रितेश गुप्ता र वडा सचिव राजकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

प्रभु हस्पिटलको तर्फबाट सञ्चालक डाक्टर मनोज कुमार गुप्ता र डाक्टर लक्ष्मी थापा गुप्ताले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिफारिस गरेको आधारमा वडाका गर्भवती महिलाहरुलाई प्रति बिरामी ५९० रुपैंयाको दरले भिडियो एक्सरे गराउनु पर्नेछ । यसको भुक्तान वडा नम्बर ८ कार्यालयले गर्ने उल्लेख गरिएको छ ।

अल्ट्रा साउण्ड रेडियोलोजिष्ट बाटनै गर्नुपर्ने र अल्ट्रा साउण्ड गरिसकेपछि भुक्तानीको लागि प्रत्येक महिना वडा नम्बर ८ कार्यालयमा बिल पेश गर्नुपर्नेछ । यसको लागि वडा कार्यालयले २ लाख रुपैंया बजेट विनियोजन गरेको वडा सचिव राजकुमार गुप्ताले बताउनुभयो ।


सम्बन्धित समाचार