Logo

२९ वैशाख,वीरगञ्ज । बाराको परवानीपुर वडा नं ४ चैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । नेपाल बैँक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको भवन निमार्ण गरी गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी र नेपाल बैंक मधेश प्रदेश प्रमुख प्रदिप कुमार पाठकले विद्यालयका प्रधानाध्यापकलाई आज एक कार्यक्रमबिच हस्तान्तरण गर्नुभएको हो । उक्त भवन नेपाल बैंक लिमिटेडको ५० लाखको सहयोगमा पूनः निर्माण गरिएको हो ।

नेपाल बैँक वीरगञ्ज शाखाले आयोजना गरेको हस्तान्तरण कार्याक्रममा बोल्दै परवानीपुर वडा नं ४ चैनपुरका पूर्व वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मीले नेपाल बैँकले गरेको काम सराहनिय रहेको बताउनुभएको ।

उहाँले नेपालमा भएका विभिन्न संघ संस्थाले प्राकृतिक विपद्को समयमा हातेमालो गर्दै अघि बढ्ने आश्वासन दिनुभएको छ ।
२०७५ साल चैत १७ गते परवानीपुर गाँउपालिकाको वडा नं ४ मा हावाहुरीका कारणले विद्यालयको भवन ध्वस्त भएको थियो ।


सम्बन्धित समाचार