Logo

३० वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छलीका एक लाख भन्दा बढिका चामल बरामद गरेको छ । प्रहरीले १ लाख २० हजार ८ सय ७८ मूल्य बराबरको विभिन्न ब्राण्डका चामल बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरिक्षक बिदूर प्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज–११ स्थित रानीघाटबाट उक्त मूल्य बराबरको चामल बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले हिजो रानीघाटस्थित प्रकाश कुमार गुप्ताको पसल अगाडि लुकाईछिपाई राखेको अवस्थामा ७४ वटा चामलको बोराहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद चामललाई थप अनुसन्धान तथा कारवाहीका लागि हिजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता गिरीले बताउनुभयो ।

 


सम्बन्धित समाचार