Logo

३० वैशाख, वीरगञ्ज । वीरगन्जमा आज तीन छुट्टाछुट्टै स्थानमा रक्तदानको आयोजना गरिएको छ । नेपाल बीमा प्राधिकरण, वीरगन्ज युवा समाज र नेपाली कांग्रेसले तीन छुट्टाछुट्टै स्थानमा रक्तदानको आयोजना गरेको हो । नेपाल वीमा प्राधिकरणले ५५ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा पाँचजना महिला सहित ८० जनाले रक्तदान गरेका छन् ।

कार्यालयकै परिसरमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका सबै जीवन बीमा र निर्जीवन बीमाका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । “रक्तदान जीवनदान“ भन्ने विश्वव्यापी मान्यता अनुरुप आफुहरुले रक्तदान गर्ने निर्णय गरेको बताउदै प्रदेश प्रमुख कुसुम शर्माले अहिलेको मौसममा बिरामीहरुको चाप बढने भएकोले रगतको अभाव केही हदसम्म पूर्ति गर्न आफुहरुले प्रयास गरिको बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसले पनि रक्तदानको आयोजना गरेको थियो । वीरगन्जको गहवमा धर्मशालामा भएको रक्तदानमा ३ महिला ४८ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी पर्सा शाखाका रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शोरभराज पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै वीरगन्ज युवा समाजले पनि आज होटल मकालुमा रक्तदानको आयोजना गरेको छ । वीरगन्ज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जना महिला सहित ११९ जनाले रक्तदान गरेका छन् ।


सम्बन्धित समाचार