Logo

३० वैशाख,बारा । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी बारामा ५ सय ३० जना पीडितले उजुरी दिएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटर ब्याज पिडितको अवस्था भयावह रहेको बताएका छन् ।

उहाँले जिल्लामा ५ सय ३० जना पिडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताउँनुभयो ।आयोगले बैशाख ३० गते सम्मका लागि पिडितलाई निवेदन दिन भनेकोमा सोको अवधि बढाएर २०८० जेष्ठ ७ गते सम्मका लागि म्याद थपेको छ । पिडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज ब्यवस्था मिलाईएको उहाँले बताउँनुभयो ।

अनुचित लेनदेन (मिटर ब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले सरकारले मिटर ब्याज पिडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताउँनुभयो ।घर जग्गानै पास गरी लिने र बढी ब्याज लिएर उठिबास लगाउने कार्य गलन भएकाले यस्ता खाले समस्या समाधानमा आयोगले काम गर्ने बताउँनुभयो ।

पिडक र पिडित दुवैपक्षलाई एकठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले पिडक समस्या समाधानमा लचक नभए उनको सम्पतीको श्रोतको अनुसन्धान गरि श्रोत नपूग्ने सम्पती जफत गर्ने सम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताउँनुभयो ।

 


सम्बन्धित समाचार