Logo

३० वैशाख,काठमाडौं । दक्षिणी पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ ।सुरक्षाकर्मीको क्याम्पमा लक्षित गरी भएको आक्रमणमा सैनिकसहित १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

उत्तरी बलुचिस्तानको मुस्लिम बाग क्षेत्रमा रहेको फ्रन्टियर कोर क्याम्पमा आक्रमण हुँदा सो घटना भएको बताइएको छ । सेनाले सो क्याम्पमा बन्धक भएकाहरुलाई उद्धार गर्न स्थान खाली गर्र्ने क्रममा सञ्चालन गरेको अपरेशनलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणकारीले महिला तथा बालबालिकामाथि पनि आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणमा बालबालिकासहित ६ जना घाइते भएको समाचारमा उल्लेख छ । इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्त तामा, जस्ता र प्राकृतिक ग्यासको भण्डार भएकाले राजनीतिक रुपमा महत्वपूर्ण मानिन्छ ।

सो प्रान्तका विभिन्न शहरमा विद्रोहीले निरन्तर निशाना बताइरहेका छन् ।
धेरैजसो हिंसालाई विद्रोहीले आफ्नो सिनजियाङ प्रान्तलाई बलुचिस्तानको अरब सागर र रेलको सञ्जालमार्फत जोड्ने चीनको लगानी योजनाको प्रतिक्रियाको रुपमा हेरिएको छ ।

कानून प्रवर्तक अधिकारी र कामदार लक्षित आक्रमणहरु चीनको लगानीमा सञ्चालित आयोजनासँग सम्बन्धीत रहेको बताइएको छ । सरकारी अधिकारीहरुले सशस्त्र विद्रोहलाई शान्त पारेको दावी गरे पनि सो क्षेत्रमा हिंसा जारी छ ।
तेहरिक ए तालिवान पाकिस्तान र आईएसआईएस सशस्त्र समुह नै आक्रमणमा संलग्न रहेको जनाइएको छ । गत फेब्रुअरीमा एक व्यस्त बजामा भएको विस्फोटमा ४ जनाको मृत्यु हुनुका साथै १४ घाइते भएका थिए ।


सम्बन्धित समाचार