Logo

३१ वैशाख, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ बरैनिया स्वास्थ्य चौकीमा आजबाट प्रयोगशाला संचालनमा आएको छ । प्रदेश सांसद जितेन्द्र सोनलले आज एक कार्यक्रमका विच सो प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रदेश स्तरिय जनस्वास्थ्य प्रयोगशाला सामाजिक बिकास मंत्रालयबाट मधेस प्रदेश एवं स्थानिय तहको सहकार्यमा टेस्ट मेसिन केमिकल र प्रयोगशाला प्रयोगमा ल्याइएको छ । करिब ७० लाखको लागतमा सो प्रयोगशाला संचालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य प्रमुख अलि अकबर हुसैनले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सो प्रयोगशालाको उद्घाटन गरिएको हो ।


सम्बन्धित समाचार