Logo

३१ वैशाख,बारा । बाराको जितपुरसिमरा उपमहानगर–५ मा सम्पन्न चौथो बकुलिया गोल्डकप २०८० को उपाधि आयोजक बकुलियाले हात पारेको छ । घरेलु खेल मैदानमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ पिलुवालाई सडनदेथमा पराजित गर्दै आयोजक बकुलियाले उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक दुवै टिमबाट २–२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दुवै टिमबाट ४–४ गोल भएपछि सडनदेथमा धकेलिएकोमा आयोजक बकुलियाले जित हात पारेको हो ।


बिजेता टोलीलाई १ लाख ५० हजार नगद सहित पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बिजेता आयोजक बकुलिया टोलीलाई नगद रकम हस्तान्तरण गर्नुभएको हो ।
प्रतियोगिता अन्तर्गत बकुलियाका तर्फबाट दिलिप माझी म्यान अफ द सिरिज घोषित हुनुभएको थियो ।


सम्बन्धित समाचार