Logo

१ जेठ,पर्सागढि । पानी नपर्दा किसान चिन्तित बनेका छन्। सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ।
पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा किसानले लगायको चैती धान लामो समय देखि बर्षा नहुन्दा पहेलिन थालेको छ ।

लामो समय देखि बर्षा नभएको र मध्यान्हमा अत्याधिक गर्मी तथा तातो हावा चल्ने गरेको कारण किसानले लगायको चैती धान पहेलिन थालेको हो ।
किसान हरुले कुलो तथा बोर्डिङ बाट धान खेतिमा सिचाई गरेता पनि अत्याधिक गर्मी तथा तातो हावाको कारण धानको पात हरु पहेलो भई सुक्न थालेको किसान हरु बताउँछन् ।

चैती धान लगायका पर्सागढि नगरपालिका वडा न ३ का किसान नन्दलाल चौधरिका अनुसार लामो समय देखि बर्षा नहुन्दा र अत्याधिक गर्मी तथा तातो हावाको कारण धानको बोट सुक्न लागेको बताए ।कुलो र बोर्डिङ बाट जति सुकै सिचाई गरेता पनि अत्याधिक गर्मी र तातो हावाको कारण धान खेति सुक्न थालेको र यस्तै पानी नपर्ने हो भने चैती धान उत्पादनमा समेत कमि आउने उनले बताए ।

पर्सागढि नगरपालिका कार्यालयका कृषि प्राबिधिक खडक प्रसाद खत्रीका अनुसार यदि खेतमा फडके किरा लागेको छैन र धानको बोट माथी बाट सुक्दै आईरहेको छ भने गर्मीको कारण हुन सक्ने र पहिलो चरणको युरिया नछर्ने किसान हरुले सिचाई गरि प्रती कठा तीन किलो को दरले युरिया छर्ने उनले सुझाव दियका छन ।


सम्बन्धित समाचार