Logo

२ जेठ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई डेक्सटप कम्प्युटर वितरण गरिएको छ । वीरगञ्ज महानगर–३० लालपर्सास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित कार्यक्रमबीच पर्सा क्षेत्र नं. १ का सांसद एवम् पूर्व वनमन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले १६ जना छात्रालाई जनही एक÷एक थानका दरले कम्प्युटर वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मनोजकुमार यादवले आफ्नो चुनावी घोषणापत्र बमोजिम एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार छात्रालाई अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्य सहित एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गरिरहेका उनीहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।

उहाँले स्कुलमा कम्प्युटर कक्षा अध्ययन गरिरहेका विद्यार्थीको गाउँमा कम्प्युटरको व्यवस्था नहुँदा पढाइ प्रभावित हुने बताउनुभयो । यसपालि एसईई परीक्षामा सहभागी भएका छात्रालाई भने असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने आफूहरुको योजना रहेको उहाँको भनाई छ । आफ्नो कार्यकालभरी नै एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई कम्प्युटर वितरण गरिने उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार