Logo

२ जेठ, हेटौँडा । हेटौँडाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१६ घर भई हाल वडा नं.७ बस्ने ५६ वर्षीय जय बहादुर भन्ने बिरबहादुर मोक्तान, मकवानपुर जिल्ला बकैया गाउँपालिका–६ घर भई हाल हेटौँडा–११ बस्ने ३२ वर्षीय दिनेश थिङ र बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई हाल हेटौँडा–७ कमाने बस्ने २४ वर्षीय विष्णुलाल थिङलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा आज दिउँसो २ बजे तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शकांस्पद लागेर हेटौँडा–७ स्थित बेलिब्रिज सडक किनारमा चेकजाँच गरेको थियो ।

सोही क्रममा उनीहरुको शरिर तथा झोलाको खानतलासी गर्दा जय बहादुर भन्ने विर बहादुर मोक्तानले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा २ किलो ९०० ग्राम लागूऔषध अफिम जस्तो देखिने कालो गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषध सहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार