Logo

२ जेठ,काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ।

म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य सूचीअनुसार १५५ रुपैयाँ रहेको छ। ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो।


सम्बन्धित समाचार