Logo

३ जेठ,वीरगञ्ज । नारायणी यातायात व्यवस्था कार्यालय लाईसेन्सतर्फका तीन जना कर्मचारी पहुँचको भरमा सरुवा नगराई बसेको खुलाशा भएको छ । कार्यालयका इञ्जिनियर अमित कुमार दास चारवर्षदेखि यातायात कार्यालयमा वीरगन्जमा नै कार्यरत रहेका छन् ।

उनी २०७६ साल असार ८ गते कार्यालयमा हाजिर भएका थिए । उनको कार्यकाल चारबर्ष भन्दा बढी भएपनि अझै यातायात व्यावस्था कार्यालय लाईसेन्सतर्फ नै कार्यरत रहेका छन् । त्यस्तै अर्का अधिकृत छैठौं तहका मुकेश कुमार कुश्वाहा पनि सरुवा नलिई वीरगन्जमै बसेका छन् ।

उनी २०७६ साल जेठ २ गते वीरगन्ज स्थित कार्यालयमा आएका हुन् ।
अर्का छैठौं तहकै कर्मचारी रञ्जित कुमार साहपनि यातायात व्यावस्था कार्यालय वीरगन्जको लाईसेन्सतर्फ नै कार्यरत रहेका छन् । उनको रौतहटको गौर स्थित यातायात सेवा कार्यालयमा दरबन्दी रहेपनि काजमा यातायात व्यावस्था कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् ।

उनी तत्कालिन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको सदासयतामा गौर स्थित यातायात सेवा कार्यालयबाट काज सरुवा गरेर वीरगन्ज स्थित यातायात कार्यालयमा आएको स्रोतको भनाई छ ।यी तीनैजना कर्मचारीहरु माथिल्लो निकायलाई आर्थिक प्रभावमा पारेर सरुवा रोकाएर यातायात व्यावस्था कार्यालय वीरगन्जमै बसिरहेको स्रोतको दावी छ ।

 


सम्बन्धित समाचार