Logo

३ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले मालवाहक कन्टेनरबाट लाखौँ मूल्य बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले ना ३ ख ७७४१ नम्बरको मालवाहक कन्टेनरबाट झन्डै ६३ लाख मूल्य बराबरको मोबिल तथा विभिन्न खुद्रा सामग्री बरामद गरेको हो ।

वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको उक्त कन्टेनरमा विलबिजकभन्दा बढि सामान लोड रहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज–१६ बोखार चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएकाले कन्टेनर सहित सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक बिदुर शिवाकोटीले जानकारी दिनुभयो ।

यसैबिच वीरगञ्जबाट लहानतर्फ जादैँ गरेको बराबरको मालवाहक कन्टेनर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ना ३ ख ६९९ नम्बरको कन्टेनरबाट झण्डै ५८ लाख मूल्य बराबरको हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा सामान बरामद गरेको हुनाले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बिलबिजक भन्दा बढि हार्डवेयर तथा खुद्रा सामान लोड रहेको सूचनाको आधारमा चेकजाँच गरेको थियो ।

चेकजाँचकै क्रममा बिलबिजक शंकास्पद देखिएकाले वीरगञ्ज महानगर–४ रेल्वेरोडस्थित सडकखण्डबाट कन्टेनर नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका दुवै कन्टेनरलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार