Logo

३ जेठ,बारा । प्रहरीले बाराबाट साढे १३ किलो प्रतिवन्धित लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवापुरको मनहरी गाउँपालिका–८ ज्यामिरेका राजकुमार भने चन्द्रबहादुर मोक्तान, झापा मेची नगरपालिका–६ शान्तिटोलका शंकर दाहाल,.वडा नम्बर ७ का बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका–८ का अर्जुन गौतमलाई पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका–८ पूर्व पश्चिम लोकमार्ग सडकखण्डको उनासी पुलमा हेटौडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नं. को यात्रुबाहक बसलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा बसको सिटमुनि लुकाई ल्याइएको १३ किलो पाँच सय ग्राम प्रतिवन्धित गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।


सम्बन्धित समाचार