Logo

५ जेठ, वीरगञ्ज। चलचित्र विकास बोर्ड ले वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक, अनुसन्धानमूलक सामाग्री चलचित्र मञ्च प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि, खोज तथा अनुसन्धानमूलक लेख, रचनाहरुको माग गरेको छ। आफ्नो बेवसाइटमार्फत जेठ १ गते एक सूचना जारि गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन अनुरोध गरिएको छ ।

लेख पठाउदा चलचित्रक्षेत्रसँग सम्बन्धित नीति, कानुनी व्यवस्था, चलचित्र निर्माण प्रदर्शन तथा वितरण, बक्स अफिस व्यवस्था, चलचित्र विकास बोर्डको भूमिका, चलचित्र बजारको विद्यमान अवस्था, नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको सुधार, चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्ने बताउनु भएको छ ।

प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ । कम्तीमा पाँचहजार शब्दको लेख रचना हुनुपर्नेछ । कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन । बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ । प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ र फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन । लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ ।


सम्बन्धित समाचार