Logo

५ जेठ,वीरगञ्ज । पर्साको १४ वटै स्थानिय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आईपुगेको छ । अख्तियारको हेटौँडास्थित कार्यालयबाट ईन्जिनियर सहितको टोली विगत चार दिनदेखि आएर छानविन गरिरहेको हो ।

पर्साका स्थानिय पालिकाहरुमा भएका अधिकांश बिकास निर्माणका कार्यहरुको बारेमा परेको उजुरीको आधारमा आएर छानबिन गरिरहेको अख्तियारका हेटौँडास्थित कार्यालयका सूचना अधिकारी बिष्णु सापकोटाले जानकारी दिनुभयो । टोलीले पर्साको सम्पूर्ण स्थानिय तहहरुमा छानबिन गरिरहेको उहाँको भनाई छ ।

स्थानिय तहहरुको बारेमा अख्तियारमा परेको उजुरी सम्बन्धि फाईलहरु अख्तियारले माग गरेपनि समयमै ति फाईलहरु नपठाएकाले कार्यालयको टोली आफैँ पर्सामा आईपुगेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
उहाँले पर्साका १४ वटै पालिकाहरुमा भएका भौतिक बिकास निर्माणका कामहरु, रोड तथा नाला सम्बन्धि कार्यमा भ्रष्टाचार भईरहेको भनि उजुरी बढि परेकाले नै टोली पर्सामा आईपुगेको उहाँको तर्क छ ।


सम्बन्धित समाचार