Logo

६ जेठ,वीरगञ्ज । वीरगञ्जमा आज छुट्टाछुट्टै स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट २ सय १४ पोका रगत संकलन भएको छ । ईलाका प्रहरी कार्यालय छपकैया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा बगही युवा क्लवद्वारा आयोजित रक्तदान कार्यक्रमबाट २ सय १४ पोका रगत संकलन भएको हो ।

ईलाका प्रहरी कार्यालय छपकैयाले आज रक्तदान कार्याक्रमको आयोजना गरेको थियो । कार्याक्रममा एकजना महिला सहित १ सय जनाले रक्तदान गरेका थिए । गर्मीको समयमा रगतदान गर्नेरुको सङख्यामा कमि हुने र यसले रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकाले प्रहरी कार्यालय परिसरमै कार्यक्रमको आयोजना गरिएको हो ।

 

त्यस्तै ट्राफिक प्रहरी कार्यालय पर्साले आयोजना गरेको रक्तदान कार्याक्रममा १ जना महिला सहित ३९ जनाले रगतदान गरेका थिए । सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम अन्र्तगत कार्याक्रमको आयोजना गरिएको थियो ।

यस्तै बगही युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ७५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले जानकारी दिनुभयो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्ज पर्साका प्राविधिकले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

 


सम्बन्धित समाचार