Logo

६ जेठ,वीरगञ्ज । साउथ सुपरस्टार थलापति विजयको जबर्जस्त फ्यान फलोइंग छ । नृत्य, अभिनय र एक्सनमा अब्बल मानिने उनका एकपछि अर्को फिल्म बक्सअफिसमा सफल भैरहेका छन् । यसैले उनले पारिश्रमिक पनि हरेक फिल्म हिट भएपछि बढाउँदै आएका छन् । केही दिनयता उनले एक फिल्मका लागि २ सय करोड पारिश्रमिक बुझेको भन्ने चर्चाले मिडिया र सामाजिक सञ्जाल व्यापक तातेको छ ।

तर, उनले २ सय करोड पारिश्रमिक लिएको भन्ने चर्चामा सत्यता नभएको इन्डिया टूडे डट इनले उल्लेख गरेको छ । इन्डिया टूडेले लेखेको छ, विजयको नजिकको स्रोतसँग कुरा गर्‍यो विजय देशको हाइएस्ट पेड एक्टरमध्ये एक हुन् । तर, उनले एउटा फिल्मका लागि २ सय करोड भने लिँदैनन् । ‘वारिसु’को सफलतापछि उनले प्रति फिल्म बापत १ सय २० करोड लिने गरेका छन् ।

उनको फिल्मको बक्सअफिस प्रदर्शन तथा डिजिटल-स्याटेलाइट राइट्सलाई ध्यानमा राख्दै निर्माताहरु विजयलाई आकर्षक पारिश्रमिक दिन तयार छन् । उनले फिल्म सफलताको ग्यारेन्टी दिन सक्छन् भन्ने विश्वास निर्माताहरुलाई छ । यसैले मेकरहरु पारिश्रमिकमा रिक्स लिन तयार छन् । उनी लोकेश कनागराजको फिल्म लियोमा देखिनेछन् । लियोको काम पूरा हुनुअघि नै विजय आफ्नो आगामी फिल्म फाइनल गर्ने कुरामा छन् । वेंकट प्रभुले आफ्नो ६८ औं फिल्ममा विजयलाई निर्देशन गर्ने सम्भावना रहेको बताइएको छ । एट्ली र गोपीचन्द मालिनेनी अन्य निर्देशक हुन् जो उनको आगामी फिल्मको लागि विचारमा छन्।


सम्बन्धित समाचार