Logo

७ जेठ,वीरगञ्ज । चलचित्र विकास बोर्डले आगामी असार १ गतेदेखि ३ गतेसम्म दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’मा सहभागिताको लागि फिल्म माग गरिएको छ ।

बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामुलक तथा सन्देशमूलक चलचित्रहरूको प्रदर्शनी गरिने कार्यक्रमको लागि केही सर्तहरूसहित सार्वजनिक प्रदर्शनका लागि उपलब्ध गराउन आह्वान गरेको हो।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र बोर्डमा निवेदन दिनुपर्ने बोर्डका प्रवक्ता के.एल. बुढाथोकीले जानकारी दिए । निवेदनका साथमा फिल्म जाँच पासको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, फिचर वा लघु फिल्मले महोत्सवमा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ । छनोटमा परि प्रदर्शन भएका फिल्महरुलाई प्रोत्साहन स्वरुप बोर्डले केही रकम समेत उपलब्ध गराउनेछ ।

महोत्सवमा फिल्मको प्रदर्शनीसँगै फिल्मसम्बन्धी हाजिर जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा फिल्मसम्बन्धी नृत्य प्रतियोगिता पनि गरिने बताइएको छ । महोत्सवको दौरान बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले बालबालिकाहरुसँग साक्षात्कार पनि गर्नेछन् । बालबालिकाको विषयमा बनेका फिल्मलाई प्रोत्साहन गर्न बोर्डले महोत्सवको आयोजना गर्न लागेको हो ।


सम्बन्धित समाचार