
८ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन गरेको छ ।
जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए।
गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।
बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो।
रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन् । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।