Logo

८ जेठ, वीरगञ्ज । हामीले जत्ति कुरा गरेपनि, सदनमा,संसदमा आवाज उठाएपनि महिला माथी हुने गरेका हिंसामा भने कमी आएको देखिंदैन । पितृसत्तात्मक सोचले भरिएकोे हाम्रो समाज अनी समाजमा बस्ने हामी महिलाअधिकारका बारेमा धेरै कुरा गर्छौ,तर त्यो ब्यवहारमा लागु भएको भने देखिंदैन यस्मा दोषी को त ? घरपरिवार र श्रीमानको अत्याचार सहेर बस्ने पिडित महिला वा हिंसा गर्ने पिडक ? यी सब कुरा हामी स्वयंले बुझनु अतिनै जरुरी छ ।

जहाँ एकातिर हामी महिला माथी हिंसा गर्ने पुरुष मात्र हुन्छन भनेर बुझने गरेका छौ, त्यही ति पुरुष लाई महिलामाथी हिंसा गर्न उक्साउने महिलाको पनि हाम्रो समाजमा कुनै कमी छैन । त्यसमाथी हाम्रो मधेशको परिवेशमा यस्ता घटनाहरु दिनहु घटिरहेका हुन्छन ।केहिले यसरीनै हिम्मत गरेर आवाज उठाउदा सत्यकथाका पात्र बन्छन भने, धेरै समाजकै डरले अझैपनि पिल्सिएर घरभित्रै बसिरहेका छन ।

हामीले विवाह पछि प्राय विवाहित नारीले आफनै सासु, ससुरा, नन्द, देवर वा भनौ परिवारका अन्य सदस्यहरुबाट यातना भोगेका कैंयौ घटनाहरु सुनेका छौ ।तर, आज हामी यहाँ हाम्रै समाजमा रहेकी एक यस्ती महिला जो आफनो स्वार्थको लागी गाँउकी एउटी सोझी युवती लाई आफनै श्रीमानको दोश्री श्रीमती बनाएर घरमा भित्र्याई अनेकौ दुख दिएको यथार्थ घटना लाई पस्किदैछौ ।महिला माथी हुने हिंसामा पुरुष मात्र दोषी हुन्छन भन्नु कतिपय केसमा गलत पनि हुन सक्छ ।

आजको यो घटना सुन्दा हामीले यी घटनाकी पात्रलाई कठैबरी, बिचरी, कस्तो दुख पाएको होला है भनेर भनौला ,तर हामीले सोच्नुपर्ने कुरा चाही केहो भने हामीलाई सुन्दा यति गाह्रो महसुस हुन्छ भने एकपटक सोचौ त पिडा सहन् ती महिला लाई कस्तो हुंदो होला ? यस घटनाकी पात्रको पिडा बुझ्न आज हामी जान्छौ पर्सा जिल्लाको एउटा गाँउमा ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाँउपालिकाकी एक १८ बर्षिया युवती सुष्मा कुमारी (नाम परिवर्तन) जो आफ्नै श्रीमान र सौताबाट हिंसामा परिन । पिडित सुष्मा कुमारीको नाममा केहि सम्पती थियो र सोही सम्पती हडप्नको लागी ३५ बर्षिया उनकी आफनै जेठी सौता प्रमिला देवीले आफनै श्रीमान संग दोश्रो विवाह गराईदिन । विवाह भएको २,४ दिन सम्म त आफुलाई श्रीमानले श्रीमतीको दर्जा दिएको तर एक हप्ता पनि नबित्दै प्रमिलाले श्रीमान संग बस्न नदिइ आफलाई कुटपिट गर्न थालेको भन्दै सुष्माले गहभरी आँसु पारिन । हरेक दिनजसोको प्रताडना सहदा सहदा सुष्मा लाई कहाँ जाउ के गरु कसलाई भनूँ यस्ता धेरै कुराहरु उनको मानसपटलमा खेल्न थाले ।

श्रीमान र सौताबाट पाएको यातनाले सुष्माको मानसिक सन्तुलनमा असर गर्न थाल्यो उनी यातना सहदै जाने क्रममा उनी मानसिक रोगीको शिकार बन्न पुगिन,सुष्मामा एक्लै हाँस्ने, रुने अनी बेस्सरी कराउने जस्ता उनमा अनौठो लक्षणहरु देखिन थाल्यो । कठोर यातना दिंदापनि आफूमाथि भएका यी दुई पिडक दिनेश र प्रमिलाको मनमा अलिलकती दयामाया पलाएन बरु उल्टै दुवैजना मिलेर अझै मरणासन्न हुनेगरी कुटपिट गरेर घरमै पशुचौपाया जस्तै बाँधेर राख्न थाले ।

आफुमाथी दिनहु हुने यस्ता हिंसा र यातना लाई सुष्माले आफनो भाग्य ठानेर केहि समय सम्म त चुपचाप सहेर बसिन । आखीर उनी पनि त मानव नै हुन यातना भोग्दा कत्ती पिडा भयो होला उनलाई । सुष्मा माथी दिनहुँजसो हुने यस्तो ब्यवहारको बारेमा छिमेकी पनी परिचित थिए , तर सबैले पति पत्नी बिचको पारिवारीक समस्या भनेर चुप लाग्थे । सुष्मा बिस्तारै मानसिक रुपले बिक्षिप्त हुन थालीन । पछि छिमेकिकै सहयोगमा उनलाई माइतीघर वीरगञ्ज ल्याइयो । माइती आएर पनि आफु न्यायको लागी कहाँ जाने उनलाई यी सब कुराहरुको बारेमा केहि जानकारी थिएन ।

सुष्माको सबैभन्दा ठुलो समस्या थियो आफु मानसिक रुपले कमजोर छु यसबाट कसरी उकासिने ? अनी उनले महिलाहरुको बारेमा बोलिदिने आफु जस्तै हिंसामा परेका महिलाहरु लाई परामर्श दिने दलित महिला संघ पर्साको बारेमा थाहा पाईन र संघकी अध्यक्ष निला राम संग परामर्श गर्न पुगिन, परामर्श पछि बिस्तारै सुष्मामा परिवर्तन आउन थाल्यो र निला रामकै सहयोगमा उनी न्यायको लागी प्रहरीकोमा पुगिन र आफुमाथी श्रीमान र सौताले गरेका हिंसा बिरुद्ध उजुरी दिईन । सुष्मा अब आफु फेरि फर्किएर श्रीमानको घरमा नजाने बरु आफैले सानोतिनो काम गरेर आफनो जिवन निवार्ह गर्ने अठोट गरी अहिले अधिकारकर्मीको सहयोगमा श्रीमान बाट अल्लगै माइतिमै बसेर आफनो जिवनयापन गर्दैछिन ।


सम्बन्धित समाचार