Logo

८ जेठ, वीरगञ्ज । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५ (२)का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २ (१) का भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आजै मन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई पनि मुख्यमन्त्रीले आजै मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।


सम्बन्धित समाचार