Logo

९ जेठ,वीरगञ्ज । प्रहरीले मकवानपुरको हेटौँडाबाट भारतिय कारबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–१ बस्ने ५० वर्षीय नैमुदिन मियाँ, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बाझोखेत बस्ने ६० वर्षीय बुद्धिमान थोकर र कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबेलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले गत आइतबार विहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित चौकीटोल अगाडिको सडकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिआर ०१ बिएन १५१८ नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्ने क्रममा कार भित्र पछाडीको सिट पछाडि फल्स बटन बनाई लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीको भनाई छ ।
बरामद लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार