Logo

९ जेठ,वीरगञ्ज । गर्मी मौसम सुरु भएसँगै अहिले तराइमधेशका विभिन्न जिल्लामा संक्रमणजन्य रोगको प्रकोप देखिन थालेको छ । जाडोकोे मौसम भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु बढी फैलिने चिकित्सक बताउँछन् । विशेषज्ञहरुका अनुसार गर्मी मौसममा फैलिने रोग अधिकांश पेटसँग सम्बन्धित हुन्छन्, जुन पानी, खाना र सरसफाइका कारण फैलिने गर्दछन् ।

गर्मी महिना होस वा जाडोको महिना यो दुबै मौसममा बिशेष गरी बालबालिका र बृद्धहरुमा बढि समस्या देखिने गरेको छ ।गर्मी सुरु भइसकेकाले संक्रमणजन्य रोगका विरामीहरुको चाप पनी अहिले पहिलेको तुलनामा बढी भएको नारायणी अस्पताल बिरगंजका फिजिसियन डाक्टर राकेश तिवारीले बताउनुभयो ।

अहिले नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट र,सलार्हीका मात्र नभइ छिमेकी देश भारतको रक्सौल, रामगढवा, लक्ष्मीपुर कोतवाली बाट समेत बिरामीहरु आउने गरेको तिवारीले बताउनुभयो ।अस्पतालमा आउने अधिकांश बिरामीहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने, र बान्ता हुने जस्ता समस्या हुने गरेको उहाँको भनाई छ । गर्मी मौसममा संक्रमणजन्य रोगबाट जोगिन बिशेष सावधानी अपनाउनपर्ने उहाँको सुझाव छ ।

गर्मी महिनामा टाइफाइड, रुघाखोकी, झाडापखाला, आउँ, जन्डिस जस्ता सरुवा रोग फैलिने गर्छन् । यस्ता रोगहरु विशेष गरी हावा, पानी, लामखुट्टृे लगायत कीटको संक्रमणबाट हुने गर्दछन् । ‘गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि यसको जोखिम उच्च हुने गरेको डाक्टर तिवारीको भनाई छ ।
गर्मी मौसममा एउटै खालका रोगहरु हरेक वर्ष दोहोरिने भएकाले समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिने भएकोले बेलैमा आफ्नो स्वास्थ्यप्रति सजक हुनपनी डाक्टर तिवारीको सुझाव छ ।

यो समयमा विशेषगरी पेट सम्बन्धि धेरै रोग लाग्ने गर्दछन् । जस्तै, झाडापखाला, वान्ता हुने, रुघाखोकी लाग्ने, जन्डिस र फुडपोइजन,हुने भएकाले ‘संक्रमणजन्य रोगबाट बच्न शुद्ध पानी पिउने, खाना साजी खाने, बासी खाना सकेसम्म नखाने ,बाटोमा खुल्ला रुपले राखिएका खानेकुरा नखाने फ्रिजमा स्टोर गरेर राखिएका खानेकुरा सकभर नखाने र यदि खानै परेमा राम्ररी तताएर मात्रै खानपनि उहाँको सुझाव छ । यतिमात्र होइन ,‘स्थानीय सरकार पनी तयारी अवस्थामा बस्नुपर्छ, गाउँगाउमा महामारी फैलिहाल्यो भने आवश्यक पर्ने औषधि र स्वास्थ्यकर्मीलाई समेत स्वास्थ्यचौकीमा तयारी अवस्थामा राख्नुपर्ने पनि उहाँको सुझाव छ ।


सम्बन्धित समाचार