Logo

९ जेष्ठ, वीरगञ्ज । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड दिएको बताएका छन्।

अनुसन्धान अधिकारीसमक्ष उनले गरेको बयान विभिन्न संचार माध्यममा सार्वजनिक भएकाे छ ।

जसमा ब्रजाचार्यले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत् प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर १ करोड लिएको दुलालले बयान दिएका हुन्।

‘तत्कालीन प्रधानमन्त्री के। पी। ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जि।सी।मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा एक करोड रूपैयाँ नगदै बुझी लिएको,’ उनको बयानमा उल्लेख छ।

त्यसपछि लिला जिसीले सामाजिक समितिबाट निर्णय गराउनुपर्ने रहेछ त्यसैले ऊर्जा मन्त्रीलाई पनि पैसा चाहियो भनेको दुलालले बयान दिएका छन्।

‘तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जि।सी।ले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक समितिवाट भुटानी बहादुर शरणार्थीको विषय निर्णय गर्नु पर्ने रहेछ, उर्जा मन्त्री ज्यू र मलाई पनि रकम चाहियो भनी उर्जा मन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिवाट निर्णय भएको अघिल्लो दिन बेलुका रु. १,००,००,००० (एक करोड) नगदै बुझी लिएका हुन,’ उनको बयानमा उल्लेख छ।

तत्कालीन प्रधामन्त्री ओलीमा पूर्व सल्हकार क्रान्ती शाक्य र काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यले पनि पैसा लिएको बयान गरेका छन्।

‘तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा वलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ती शाक्य (तत्कालीन ईजरायलका नेपाली राजदुत अन्जना शाक्यका श्रीमान) र तत्कालीन काठमाण्डौं महानगरपालिकाका मेयर विध्या सुन्दर शक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितीवाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथी रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री राम बहादुर थापा बादल र उर्जा मन्त्री टोप बहादुर रायामाझीसँग मिटिङ गराई सके पछी तपाईहरुको काम हुने भयो भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही रु. १,००,००,००० (एक करोड) बुझी लिएका हुन,’ दुलालले बयानमा भनेका छन्।

उनले बयानमा तत्कालिन गृहमन्त्री रामबहादुर थापाको परिवार र गृहसचिव प्रेम कुमार राईले पनि पैसा लिएको वयान दिएका छन्। राई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख छन्। उनलाई केपी ओली नेतृत्वको संवैधानिक परिषदले अख्तियार प्रमुख बनाएको थियो।

‘तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलले तपाई र तपाईको आफन्त लाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी निजका छोरा प्रतिक थापा मार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाई निज राम बहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडी तिन कारोड नगदै बुझी लिएको, प्रतिक थापाले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तर तर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा एक कारोड बुझी लिएको,’ दुलालको बयानमा उल्लेख छ।

उनले गृहसचिव राईलाई पनि तीन करोड बुझाएको बताएका छन्।

‘त्यसै गरी तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा. ईन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा रु. ३,००,००,०००।(तिन करोड) नगदै बुझी लिएको,’ उनले भनेका छन्।

सानु भण्डारीले पनि तत्कालिन गृहसचिव राईले पैसा लिएको बताएका छन्।

उनले यो प्रकरणमा त्यसपछिका गृहसचिव टेकनारायण पाण्डेले पटकपटक गरि आफूसँग १ करोड २४ लाख ५० लिएको बयान दिएका छन्। उनले मन्त्रालयको आफ्नो कार्यकक्षको गोप्य कोठामा बोलाइ पैसा बुझेको पनि खुलाएका छन्।

पूर्व गृहसचिव पाण्डे पक्राउ परेपनि उनीहरू मध्ये तत्कालिन प्रधानमन्त्री ओलीका स्वकीय सचिव ब्रजाचार्य, तत्कालिन गृहमन्त्री मबहादुर थापा बादल,उनकी श्रीमति नैनकला थापा, गृहसचिव प्रेम कुमार राईलाई प्रहरीले अनुसन्धान गरेको देखिन्न। प्रहरीले उनीहरू विरूद्ध प्रमाण नभेटिएको बताउने गरेको छ। तर सरकारी वकिलले भने उनीहरूबारे पनि थप अनुसन्धान गर्न निर्देशन दिन सक्ने छ।

केशव दुलालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको ‘थप बयान कागज’को पाठ 

प्रतिवादी सानु भण्डारीले डा।ईन्द्रजित राईसँग त्रिपुरेश्वरमा रहेको आगन होटल भेट गरी रु १,५०,००,०००।–(एक कारोड पचास लाख) नगदै रकम दिएको भनी मलाई भोली पल्ट जानकारी गराउनु भएको र सोही दिन डा.  ईन्द्रजित राई, म र सानु भण्डारी ३ जना भएको अवस्थामा डा. इन्द्रजित राईले रकम मैले लिएको भनेका हुन।

प्रतिवादी सानु भण्डारीले पुन डा। इन्द्रजित राईलाई काठमाण्डौको हिमालय होटलमा गई रु २,००,००,००० ( दुई करोड) रकम दिएको मलाई जानकारी गराएका र डा. इन्द्रजित राईको कार्य कक्षमा म र सानु भण्डारी गएको अवस्थामा उक्त रकम पाएकी मनि जत राईले भनेका हुन ।

प्रतिवादी सानु भण्डारीले निज नैनकला थापालाई रु १,००,००,०००र( एक कारोड) नगदे मन्त्रिकवार्टरमै दिएको भनी मलाई भनेको तथा सानु भण्डारी र म निज नैनाकला थापाका छोरा तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलका प्रमुख स्वकिय सचिव प्रतिक थापा मगरलाई नक्साल स्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तर तर्फ होटलको १ तला माथी प्रतिक थापालाई भेटे पछी निज नैनकला थापालाई प्रतिक थापा मगरले फोन गरी पैसा पाउनु भयोरभएन भनी सोध्दा पैसा पाएको कुरा प्रतिक थापालाई भने पछी मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनी जानकारी गराएका हुन ।

प्रतिवादी सानु भण्डारीले ईन्द्रजित राईलाई रु १,००,००,०००।(एक करोड) रकम दिई सकेको भनी मलाई जानकारी गराएका र हामी दुबै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्य कक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझी सकेको भनी मलाई समेत जानकारी गराएका हुन प्रतिवादी सानु भण्डारीले तत्कालिन गृह सचिव प्रेम कुमार राईलाई गृह मन्त्रालयमा भेटी नगद रकम रु १,००,००,०००।(एक कारोड) रकम दिएको भनी मलाई जानकारी गराए पछी सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. ईन्द्रजित राईसँग सचिव प्रेम कुमार राईले उक्त रकम पाएको कुरा जानकारी गराएका हुन।

प्रतिवादी सानु भण्डा तत्कालिन नेपाल सरकारका उर्जा मन्त्री टोप बहादुर रायामाझी र निजको छोरा सन्दिप रायामाझी समेतलाई पटक(पटक नगद् र बैंक खातामा समेत पठाई दिएको भनी मलाई सानु भण्डारीले जानकारी गराएको र पछी टोप बहादुर रायामाझीको सातदोबाटोमा रहेको घरमा सानु भण्डारी र म समेत गई वहाहरु सँग रकम पाएरनपाएको सम्बन्धमा बुझ्दा हामीले रकम पाई सकेका छौं भनी जानकारी गराएका हुन।

प्रतिवादी सानु भण्डारीले डा. इन्द्रजित राईलाई काम भए पछी दिनु पर्ने रकमका लागी घर जग्गा बैना गरेको झुठ्ठा कागज बनाएर राखेका छन भनी जानकारी गराएको हुँदा मैले समेत थाहा पाएको हुँ। जाहेरी दरखास्तमा जाहेरवालाले दावी गरेको कुरा झुठ्ठा हो, मेरो जाहेरवाला तथा निजका चिनजान र सम्पर्कमा रहेका अन्य व्यक्तिहरुसँग समेत मेरो चिनजान नभएको हुँदा निजहरु बाट मैले कुनै रकम लिएको छैन। जाहेरवाला गजेन्द्र बुढाथोकीसँग मेरो चिनजान छैन, निजसँग चिनजान नभएको हुँदा निजले जाहेरी दरखास्त साथ पेश गरेको भनिएको विभिन्न व्यक्तिहरुको नाममा जारी भएको भुटानी शरणार्थी परिचय पत्रहरु निजले के कहाँ बनाई के-कसरी पेश गरेका हुन मलाई जानकारी भएन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन।

जाहेरवालाहरु खगेन्द्र थेवे, निजको श्रीमती र बैनी तथा जाहेरवाला भुवन सिंह लिम्बुले दावी गरेको कुरा झुठ्ठा हो, निजहरुको चिनजान र सम्पर्कमा रहेका आफन्तहरुसँग समेत मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको मानिससँग रकम लिई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी मैले समेत रु।१०,००,०००।(दश लाख) लिएको छैन र सो कुरामा कुनै सत्यता छैन। जाहेरवाला डिल बहादुर कुसारीले दावी गरेको कुरा झुठ्ठा हो, निज र निजको छोरा महेन्द्र कुसारीसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरुलाई मैले भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी कुनै कुराकानी समेत नगरेको र निजले दावी गरेको रु. २०,००,००० (बिस लाख) रकम मैले लिएको छैन।

मेरो जाहेरवाला तथा निजले जाहेरीमा नाम उल्लेख गरेका राजेश अर्यालसँग समेत चिनजान नभएको हुँदा मैले निजवाट कुनै रकम लिएको छैन र निज राजेश अर्यालको खातामा रकम पठाउन समेत लगाएको छैन, जाहेरवाला डम्बर बहादुर खत्रीसँग मेरो कुनै चिनजान छैन, भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी जाहेरवालाले दावी गरेको रकम रु. १५,५०,०००।(पन्ध्र लाख पचास हजार) मैले लिएको छैन ।

जाहेरवाला सन्दिप वली र निजको दाई असिम वलीसँग मेरो कुनै चिनजान छैन, निज असिम वलीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक-पटक गरी रु.२०,००,०००।(बिस लाख) लिएको छैन। जाहेरवाला सुस्मा चन्द र निजको श्रीमान लोक बहादुर डि.सी.संग मेरो कुनै चिनजान छैन, निज लोक बहादुर डि.सी.लाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको पौष सम्म पटक(पटक गरी रु.२०,००,०००१(बिस लाख) लिएको छैन ।

जाहेरवाला मनहर खासंग मेरो कनै चिनजान छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ साल देखी २०७८ सालको सम्म पटक(पटक गरी रु. २५,००,०००(पच्चिस लाख) लिएको छैन। जाहेरवाला भेषराज शर्मा लम्साल, जाहेरीमा नाम उल्लेख भएका दिवाकर बुढाथोकी र पुर्ण बहादुर पुनसँग समेत मेरो चिनजान र सम्पर्क छैन, जाहेरवालाले जाहेरीमा दावी गरे अनुसार ल्ःद्य बैठको चेक मार्फत दिवाकर बुढाथोकीको नाममा चेक काटी रु. १०,००,०००र(दश लाख), सानु भण्डारीलाई रु. १,७९,४७,०००(एक करोड उनासी लाख सतचालिस हजार) र निज जाहेरवालाको साथी पुर्ण बहादुर पुन मार्फत रु. १,५०,००,०००।(एक करोड पचास लाख) गरी जम्मा रकम रु.३,३९,४७,००० (तिन करोड उनान्चालिस लाख सतचालिस हजार) मैले लिएको छैन, सानु भण्डारीले लिएको भन्ने सम्बन्धमा मलाई जानकारी भएन ।

जाहेरवाला रोशन शिवाकोटीसंग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु. १५,००,०००(पन्ध्र लाख) बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुठ्ठा हो, मैले कुनै रकम लिएको छैन । जाहेरवाला समिर शिवाकोटीसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु. १५,००,०००।(पन्ध्र लाख) बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुठ्ठा हो ।

जाहेरवाला सन्तोष भट्टराईसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी पटक-पटक गरी जम्मा रकम रु. १४,५०,०००(चौध लाख पचास हजार) बैंक मार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झुठ्ठा हो। जाहेरवाला सन्तोष भट्टराई र राम शरण के.सी.संग मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको व्यक्तिलाई अर्कै चिनजान नभएको व्यक्तिको बैंक खातामा रकम पठाउन लगाएको भन्ने कुरामा कुनै सत्यता छैन, मैले मिति २०७६।०४।२१ मा रु. ४,५०,००० (चार लाख पचास हजार) र पुनः मिति २०७६/०५/२० गते रु.१०,००,०००।(दश लाख) गरी जम्मा रकम रु.१४,५०,०००र(चौध लाख पचास हजार) रकम जम्मा गर्न लगाई उक्त रकम मैले लिई ठगी गरेको छैन ।

मिति २०८०१०१।०६ गते प्रहरीले प्रतिवादी सानु भण्डारीको घरबाट बरामद गरेको डायरी देखी पाएँ, सो डायरीको आईतबार ५ बैशाख २०७३ लेखिएको पानामा भुटानी शरणार्थीको लागी उठाईएको रकम बिबरण भनी मिति २०७६/०२/२९ गते देखी २०७६/०३/२७ सम्म मेरो नाम दुलाल मामा भनी उल्लेख गरी निजले बुझाएको रकमको विवरण देखि पाएँ, उक्त मेरो नामवाट जम्मा भएको रकम मेरो आफैसँग भएको रकम हो । उक्त रकम डा. इन्द्रजित राईले मलाई र मेरो आफन्तहरु समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु त्यसको लागी केही रकम दिँदै गर्नु भनेको हुँदा निज ईन्द्रजित राईलाई बुझाउनको लागी भनी उक्त रकम मैले प्रतिवादी सानु भण्डारीलाई दिएको हुँदा मैले दिएको रकमको विवरण निजले आफ्नो डायरीमा उल्लेख गरेका रहेछन। म आफु र मेरो अन्य आफन्तहरु समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी डा. इन्द्रजित राई समेतले कुराकानी गरी रकम समेत लिई विश्वास दिलाएको र सोही विषयका समाचारहरु पत्र पत्रिकामा प्रकाशित भएको हुँदा सोही समाचारहरुमा प्रकाशित भएका विवरणहरु मैले मेरो मोवाईलमा फोटो खिची राखेको हुँदा उक्त बिबरण मेरो मोवाईलमा देखिएको हुनु पर्दछ ।

मैले प्रयोग गर्ने गरेको KAI संकेत दिईएको सामसुङ कम्पनीको मोवाईलमा रहेको Viber Account Keshab+9863591446 बाट 9860052100 लाई Sir Refusee Card holder ko matra lagat liyeko xare CA, new entry & non Entery ko lagat liyeko xaina re sabaiko garne hoena r hajur, sir Bikranta Basnet name gareko manxe le hajurko name liyera Bhutanese Refuseeko 70/80 Janako card and travel Document banauxu vanera hidi raheko x are hajur भन्ने व्यहोराको म्यासेज मैले आफैले लेखेको म्यासेज हो, उक्त म्यासेजहरु मैले तत्कालीन गृह मन्त्रालयमा गृह सचिवको रुपमा बहाल रहेका टेक नारायण पाण्डेलाई पठाएको म्यासेज हो, निजले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रु.१,२४,५०,०००।(एक करोड चौबिस लाख पचास हजार रकम लिई विश्वास दिलाए परिसर पछी हामीलाई भुटानी शरणार्थी परिचय पत्र उपलब्ध नगराएको अवस्थामा माथी म्यासेजमा उल्लेखित बस्नेतले भुटानी शरणार्थी परिचय पत्र र ट्राभल डकुमेण्ट बनाएको सूचना पाएको हुँदा सो कुरा हो होइन भनी गृह सचिवलाई हाम्रो काम किन भएन भनी बुझ्नका लागी उक्त म्यासेज पठाएको हैं।

मैले म्यासेज पठाएको ढडटण्ण्छद्दज्ञण्ण् नं को मोबाईल तत्कालीन गृह सचिव टेक नारायण पाण्डेले नै चलाउने गरेको मोबाईल नं। हो। उक्त मोबाईल नम्बर निजले नै मलाई दिई यो अलादीनाचनेको बिक्रान्त नम्बरमा सम्पर्क गर्न भनी निजले नै दिएको हुँदा उक्त मोबाईलमा मैले सम्पर्क गरी म्यासेज लगायत फोन सम्पर्क गर्ने गरेको थिएँ। निजले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी विश्वास दिलाए पछी मैले निजलाई रु. १,२४,५०,०००र(एक करोड चौबिस लाख पचास हजार) रकम दिएको हु, रकम दिँदा के-कहाँ ल्याई दिन पयो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याई दिनु भनेको हुँदा मैले पटक-पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ । उक्त रकम मध्येको रु.२५,००,०००र(पच्चिस लाख) निनको पि.एस.ओ. को रुपमा कार्यरत कामती थरका प्रहरीले सिंहदरवार भित्र रहेको कानून मन्त्रालय अगाडी सचिव ज्यू चढ्ने गाडी ल्याई नगदै बुझी लिएका हुन।

मैले उक्त रकम निजलाई बुझाई सके पछी मैले सचिव टेक नारायण पाण्डेलाई फोन गरी रकम पाउनु भयो भएन भनी बुझ्दा निजले मैले रकम पाई सकें भनी मलाई जाकारी गराएका हुन। मैले प्रयोग गर्ने गरेको मोवाईलमा भएको Whats app बाट Bpanthi (9851015795), Yam2 (9851332392)  लाई जिल्ला प्रशासन कार्यालय शरणार्थी समन्वय ईकाई झापाको सूचना पठाएको देखिएको सही हो, उक्त सूचनाहरु पत्र(पत्रिकामा प्रकाशित भएको र तत्कालिन गृह सचिव टेक नारायण पाण्डेसँग बुझ्दा निजले B panthi (9851015795), Yam2 (9851332392) र acc Thulung Zytha(9827379611) लाइ समेत पठाई दिनु भनी निजले नै नंबर पठाई दिएको हुँदा मैले निजले पठाई दिएको Whats app नं. मा मैले नचिनेका मानिसहरुलाई उक्त सूचना पठाउदिन भन्दा निजले केही फरक पर्दैन पठाई दिनु भनेको हुँदा मैले उक्त सूचनाहरु पठाई दिएको हुँ ।

तत्कालिन गृह सचिव टेक नारायण पाण्डेले म र मेरा आफन्त साथीहरुसँग भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी माथी उल्लेखित रकम लिई काम गरी दिन्छु भनी सरकारले गरेका निर्णयका कागजपत्रहरु पठाई दिने गरेको हुँदा उक्त कागज पत्रहरु आदान प्रदान भएको हो। हामी ठगीएको थाहा पाई दिएको रकम फिर्ता माग्दा हाल सम्म फिर्ता पाएको छैन, आफै पिडित भई हाल झुटा मुद्दा लगाई अनुसन्धानमा रहेको छु, हामी पिडितको रकम फिर्ता र झुठ्ठा मुद्दा खारेज गरी सफाई पाउँ। मैले माथी नाम उल्लेख गरेको भुटानी शरणार्थी बनाई रकम लिने भनिएका Whats app Account  मा पटक-पटक कुराकानी गर्ने गरेका TN PANDAY 29860052100 को मोवाईल चलाउने व्यक्ति टेक नारायण पाण्डे नै हुन, निजले चलाउने गरेको निजको व्यक्तिगत तथा सरकारी मोबाईल नं. मा समेत मेरो पटक-पटक कुराकानी, टेक्स्ट म्यासेज र Whats app मा मैले तत्कालीन अबस्थामा चलाउने गरेको हाल हराएको मोवाईल न. ९८५११३२९९९ र ९८०११४२९९९ समेतवाट कुराकानी र म्यासेज आदान-प्रदान गर्ने गरेको थिएँ ।

उक्त म्यासेज र कुराकानी समेतको विवरण हेरी पाउँ । उक्त म्यासेज म लगायत मेरा आफन्तहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रकम लिई ठगी गरी काम नगरेको हुँदा भुटानी शरणार्थी क्याम्पमा शरणार्थीको विवरण लिई फोटो खिच्ने काम भई राखेको सूचना पाए पछी मेरो र आफन्तको काम नभएको सिन्धुपाल्चोक तिरका मैले नचिनेका मानिसहरुको फोटो खिच्ने काम भई रहेको छ भनी निज गृह सचिव TN PANDAY2 भन्ने टेक नारायण पाण्डेलाई म्यासेज लेखी म सँग लगेको सम्पुर्ण रकम फिर्ता गरी दिनु होस भन्दा हाल सम्म फिर्ता नपाई पिडित भएको कुरा अवगत गराउँछु। तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलले तपाई र तपाईको आफन्त लाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी निजका छोरा प्रतिक थापा मार्फत मन्त्री क्वाटर पुलचोकमा बोलाई निज राम बहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडी रु.३,००,००,०००।(तिन कारोड) नगदै बुझी लिएको, प्रतिक थापाले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तर तर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु. १,००,००,०००र(एक कारोड) बुझी लिएको, त्यसै गरी तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा. ईन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा रु.३,००,००,०००।(तिन करोड) नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री के. पी. वलीका प्रमुख स्वकिय सचिव राजेश वज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा उर्जा मन्त्री टोप बहादुर रायामाझीका प्रमुख स्वकिय सचिव लिलामजि.सी. मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा रु.१,००,००,०००र(एक करोड) नगदै बुझी लिएको, तत्कालिन उर्जा मन्त्री टोप र रायमाझी प्रमुख स्वकिय सचिव लिला जि.सी.ले प्रधानमन्त्रीकोमा पैसा पुगी सक्यो, सामाजिक समितिवाट भुटानी बहादुर शरणार्थीको बिषय निर्णय गर्नु पर्ने रहेछ, उर्जा मन्त्री ज्यू र मलाई पनि रकम चाहियो भनी उर्जा मन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिवाट निर्णय भएको अघिल्लो दिन बेलुका रु. १,००,००,००० (एक करोड) नगदै बुझी लिएका हुन, त्यसै गरी तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा वलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ती शाक्य (तत्कालीन ईजरायलका नेपाली राजदुत अन्जना शाक्यका श्रीमान) र तत्कालीन काठमाण्डौं महानगरपालिकाका मेयर विध्या सुन्दर शक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितीवाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथी रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री राम बहादुर थापा बादल र उर्जा मन्त्री टोप बहादुर रायामाझीसँग मिटिङ गराई सके पछी तपाईहरुको काम हुने भयो भनी डा. अजय क्रान्ती शाक्य र राजेश्वर स्थापितले जनही रु. १,००,००,०००।(एक करोड) बुझी लिएका हुन।

काम नभए पछी पटक-पटक रकम फिर्ता माग्दा धाक धम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नु भनी प्रतिक थापा मार्फत खवर पठाउने गरेको र तपाईहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं ६० प्रतिशत लानु भनी प्रतिक थापा मार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्री बाट हटेको ५/६ दिन पछी म सँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पुर्ण रकम चाहियो भन्दा माथी उल्लेखित मानिसहरुसँग कुरा गरी खवर गर्छु भनी हाल सम्म रकम फिर्ता नदिई पिडित बनाई ठगी गरेको र हाल झुठ्ठा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पुर्ण रकम फिर्ता गरी झुठ्ठा मुद्दाबाट सफाई पाउँ भन्ने प्रतिवादी केशव प्रसाद दुलालले गरेको थप बयान कागज।


सम्बन्धित समाचार