Logo

९ जेठ,बारा । बाराको हलखोरिया साझेदारी बनमा आज बाघको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ स्थित वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ घाइते भएकी हुन ।

बनमा दाउरा काटीरहेको समयमा अचानक बाघले उनीमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाईते भएकी थिङको विरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको इलका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

श्रीमतीलाई बाघले आक्रमण गर्दा संगै घास काट्न गएका श्रीमानले उनको उद्बार गरेर अस्पताल लगेका थिए ।डाक्टरका अनुसार घाईते थिङको अवस्था मध्यम रहेको छ । बाघले आक्रमण गरेको एरियामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली खटाईएको बारा प्रहरीका प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।


सम्बन्धित समाचार