Logo

१० जेठ,काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वातावरण मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमीलाले शपथ लिनुभएको हो ।

महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसैगरी, प्रमीलाले शिक्षा राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिनुभयो ।

महतो र प्रमीला जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मन्त्री नियुक्त हुनुभएको हो । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री हुनुहुन्छ ।


सम्बन्धित समाचार