Logo

१० जेठ,वीरगञ्ज । दोहोरो नागरिकता प्राप्त गरेकाहरूको छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता हुने क्रम बढेको छ।अन्य देशको नागरिक हुँदाहुँदै नेपालको पनि नागरिकता लिएकाहरूको नागरिकता छानबिन गर्न उजुरी दर्ता हुने क्रम बढेको हो।

दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा उजुरी दर्ता हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको निवेदन शाखाका अनुसार गत आर्थिक वर्ष ०७८÷७९ मा पर्सामा दोहोरो नागरिकतासम्बन्धी ४० वटा उजुरी दर्ता भएका छन्।

जसमा गृह मन्त्रालयमा मात्र १६ वटा दर्ता भएका छन्।जसमध्ये १३ वटा मात्र मुद्दा फर्स्योट भएको छ भने २७ वटा अझै फर्स्योट गर्न बाँकी रहेको निवेदन शाखाका खरिदार शिवशंकर साहले बताए। निवेदन शाखाका खरिदार साहका अनुसार नागरिकतासम्बन्धी गृह मन्त्रालयमा पनि दर्ता भएको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा नै आउने गरेको छ।

यस्तै, चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग राखी ३७ वटा उजुरी दर्ता भएका छन्। त्यसमा गृह मन्त्रालयमा मात्र ११ वटा दर्ता भएको छ। बाँकी सबै जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको साहले बताए। उनका अनुसार चालू आर्थिक वर्षमा ०७९/८० मा दर्ता भएको उजुरीमध्ये नौवटा मात्र फर्स्योट भएका छन् भने २८ वटा उजुरी अझै फर्स्योट गर्न बाँकी छन्।साभार नयाँ पत्रिका


सम्बन्धित समाचार