Logo

१० जेठ,वीरगञ्ज । तराई मधेशका विभिन्न जिल्लामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट ईन्जिनियर सहितको टोली खटिएको छ । बारा, पर्सा रौतहट लगायतका जिल्लाहरूबाट परेको अनियमितताको उजुरीबारे छानविन गर्न टोली खटिएको हो ।

अख्तियार हेटौँडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले पटकपटक कागजपत्र माग गर्दा समेत उपलब्ध नगराएपछि कागजपत्र संकलन र उजुरीबारे प्राविधिक जाँचका लागि टोली मधेशका विभिन्न पालिकामा खटिएको जानकारी दिनुभयो ।

विभिन्न सञ्चार माध्यमहरुमा पर्साको छिपहरमाई गाउँपालिकास्थित कार्यालयमा छापामारी गरि कागजपत्रहरु नियन्त्रणमा लिएको भन्ने समाचार आएपनि यसमा कुनै सत्यता नभएको उहाँको भनाई थियो । उहाँले गाउँपालिकाको काम कारवाहीमा भईरहेको अनियमितताको बारेमा परेको उजुरीको आधारमा छानविन भने भईरहेको बताउनुभयो । त्यस्तै गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले समेत छापामारी नभएको दावी गर्नुभएको छ ।

 


सम्बन्धित समाचार