Logo

किरण आँखा अस्पतालले दुई दिने निःशुल्क आखाँ शिविर आज सम्म्पन गरेको छ । वीरगञ्जको परवानीपुर स्थित रहेको दिल्ली पब्लिक स्कुलमा निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरीएको हो ।

निःशुलक आँखा शिविरमा स्कुलका ५ सय जना बिद्ययर्थीहरुको आँखा चेकजाँच गरीएको हो । शिविरमा ५० जना बिद्ययार्थीमा आँखाको समस्या रहेको डा.अमर क्यालले बताउनु भयो । उनका अनुसार अधितम बिद्ययर्थीहरुको आँखामा सुखाँ पनको समस्या र कतिपय बिद्ययर्थीमा चश्माको पावर बढाउने अवस्था रहेको उनले बताउनु भएको होे । बिद्ययर्थीहरुले मोबाईल,ल्यापटप तथा टि.भी बढि हेर्ने गरकोले आँखामा समस्या भएको उनको भनाई छ । स्कुल तथा बाहिरबाट आउदाँ आँखा तथा अनुहारमा पानीले धुनुपर्ने उनको भनाई छ ।

निःशुल्क आँखा शिविर हिजो (एलके जि) र आज कक्षा १ देखि कक्षा १० सम्मका बिद्ययर्थीहरुको निःशुल्क आँखा चेकजाँच गरीएको क्यालले बताउनु भयो । किरण आँखा आस्पतालले यस अघि पर्साका बिभिन्न स्थानमा निःशुल्क आँखा शिविर गर्दै आएको छ ।


सम्बन्धित समाचार