Logo

फाइल तस्बिर

११ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्ने तय भएको हो । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गरेको गृहकार्यमा दुवै मुलुकले सहमति जनाएका हुन् ।परराष्ट्रमन्त्री एनपी साउदले पनि भ्रमणको गृहकार्य भइरहेको र केही दिनमा औपचारिक रूमा भ्रमणको मिति तय हुने जानकारी दिए ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने छन् । त्यसैदिन उनलाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने र जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुने कार्यक्रम तय भएको जनाइएको छ ।

जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम बनाउन खोजिएपछि निश्चित भइनसकेको स्रोतले बतायो । १८ या १९ मध्य एक दिन भेट हुन्छ, कतिबेला भन्ने निश्चित भइसकेको छैन । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई गएर जेठ २० मा काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।


सम्बन्धित समाचार