Logo

११ जेठ,रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो।

हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव घरभन्दा १ किलोमिटर टाढा भेटिँदा शंका उब्जिएको छ।
टाउकोमा गोली हानेर हत्या भए पनि प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार